कपिलवस्तु, २३ मंसिर । कपिलवस्तुको बाणगंगामा एक आधारभूत तहको सामुदायिक विद्यालयका विद्यार्थीहरु किताबी ज्ञानसँगै प्रयोगात्मक विधिबाट विद्यालयमै तरकारी खेतीको अभ्यास गर्छन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर, मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालयमै करिब १ कट्ठा जमिनमा यतिबेला विभिन्न जातका हिउँदे तरकारी खेती गरेका छन्…