लुम्बिनी १९ मङ्सिर । रुपन्देही सदरमुकाम भैरहवामा आइतबारदेखि स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले हरायो ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साइग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९…