धरान , १८ भाद्र। सवारी दुर्घटनामा परेर प्रदेश १ का श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामका पिएसोसहित दुई प्रहरीको मृत्यु भएको छ।मोटरसाइकलमा सवार मन्त्रीका पिएसो प्रहरी हवल्दार दुर्गानन्द चौधरी र मोरङको धनपति बोडर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार प्रकाश गोजेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताए।शनिबार सुनसरीको…