रुकुम, २८ साउन । रुकुम (पूर्व) मा प्रहरीको गाडी दुर्घटनामा परी एक सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगंगा गाउँपालिकाको ११ नम्बर वडा तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् ५ नम्बर वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए…