काठमाडौं, १९ साउन । नेकपा महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले अमेरिकालाई द्वन्द्व र अशान्ति गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गर्नुभएको छ । विप्लव नेतृत्वको अन्तर्राष्ट्रिय विभागले जारी गरेको विज्ञप्तिमा अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको अनुमतिबिना ताइवान भ्रमण गरेर द्वन्द्व निम्याउन खोजेको उल्लेख गरिएको छ । विश्वका सबै देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेको सन्दर्भमा एक…