काठमाडौँ, ७ असार । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण हुँदा डीएसपी घाइते भएका छन् ।बालगृहका किशोरहरुलाई सार्ने तयारी गरिएपछि त्यसको विरोधमा १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीको प्रवेश रोक्दै आक्रमण गरेका हुन् । आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका प्रहरीले जनाएको छ ।किशोरहरुले सुधार…