काठमाण्डाै, ०१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले आजै संसद् बैठकमा आएर कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको सम्झौता नेपालले गर्दैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो । ‘यस्तो सम्झौता नेपालले गर्दैन भनेर…