चितवन, ८ जेठ । राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ । राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको आरोप लगाउँदै पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएको हो । पार्टी बैठकमा एमाले उमेदवारहरुको पराजयको कारणबारे समीक्षा भइरहेको अवस्थामा आफूमाथि कुटपिट…