काठमाण्डाै, १७ चैत्र । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताउनुभएको छ । उहाँले युक्रेनकाे घटनाबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयाे । आज बिहीवार रिपोर्ट्स क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका…