काठमाडौं, ८ चैत्र। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताबीच स्थानीय निर्वाचन केन्द्रित समसायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताउनुभयो । बिहान करिब एक घण्टा निर्वाचन लगायतका…