एजेन्सी, ०७ चैत्र ।दक्षिण पश्चिम चीनमा एक बोइङ विमान दुर्घटनाग्रस्त भएको रिपोर्ट पाइएको छ । यसमा १३३ यात्री सवार थिए । चीनको सरकारी च्यानल सिसिटीभीले दिएको जानकारीका अनुसार हालसम्म हताहतबारे कुनै जानकारी उपलब्ध छैन । सिसिटीभीको रिपोर्ट अनुसार ग्वाङ्ग्शी क्षेत्रमा बुझो शहर नजिकै एक ग्रामिण इलाकामा बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।