काठमाण्डाै २८ फागुन - सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार माघमा मूल्यवृद्धिदर ६ प्रतिशत नजिक पुगेको छ । दाल तथा गेडागुडी, तरकारी, घिउ तथा तेलको मूल्य उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । तराई मधेसको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ…