काठमाण्डौ, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताउनुभएको छ । एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न काठमाण्डौमा आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो व्याख्यात्मक घोषणा शाकाहारीले किताबको…