ललितपुर, १६ फागुन । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल एपीएफ क्लबले ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज सोमवार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै…