काठमाडौँ, ५ असोजः अर्थतन्त्रको पुनःनिर्माण र पुनरोत्थानका लागि निजीक्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । आज प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि सरकारबाट आवश्यक सहयोग र सुरक्षाको अपेक्षा गरेको बताउनुभयो । महासङ्घ र अन्तरराष्ट्रिय…