काठमाडौँ, २९ पुष । धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो जाँदा एक्स्काभेटरसहित ३ जना पुरिएका छन् । बिहान रुबी भ्याली गाउँपालिका वडा नम्बर १(पुरूमा बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक, सहयोगी र १ जना स्थानीय बेपत्ता रहेको गाउँपालिकाकी उपाध्यक्ष विना लामाले जानकारी दिइन् । घटनास्थलमा पुग्न समय लाग्ने भएकाले…