काठमाण्डौ, ०९ पुष । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि छैटौँ चरणको खेल सुरु हुँदैछ । आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ । एपीएफ ५ खेलमा ४ अङ्क जोडेर ११ औँ स्थानमा छ…