बुटवल १३ चैत । लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक चैत्र १८ गते बोलाउने तयारी गरिएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो ।…