काठमाडौं १५ माघ । प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराए । गत पुस २४ गते पूर्वप्रधानन्यायाधीशहररु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति…