काठमाडौँ, २९ भदौ वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु गरेको १६ दिन लामो महालक्ष्मी व्रत आज राति चन्द्रमालाई अघ्र्यदान गरेसँगै समापन भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यसवर्ष भदौ १४ गते शनिबारदेखि…