काठमाडौं ५ असोज ।गत २४ घन्टामा कपिलवस्तु, सिरहा, धादिङ, दैलेख, सप्तरी र बझाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ चौवन्नपुरमा लु १ च ५४४८ नम्बरको बलेरोले लु १० प ५९२४ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका डुमरा बस्ने ४५ वर्षीय रामधनी चौधरीको…