रुपन्देही १४ भदौ । रुपन्देहीको बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।यससँगै अस्पतालमा ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।स्वास्थ्यकर्मीमा नै संक्रमण देखिएकोले अर्को सूचना नआउँदा सम्मका लागि अस्पताल बन्द गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए । ‘अस्पतालमा उपचाररत बिरामीलाई डिस्चार्ज गरी सरसफाई र सबै कर्मचारीको पीसीआर परीक्षण गर्नेछौं’,…