रुपन्देही २२ असार । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब प्रदेश नं ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तरक्रियामा उहाँले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले सङ्कटमा रहेकाले पत्रकारलाई…