कपिलवस्तु, ५ असोज ।कपिलवस्तुको विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रगति समिक्षा गरिएको जनाइएको छ ।गाउँपालिकाभित्र रहेका सबै शाखाहरुको वार्षिक प्रगति प्रतिवेदनसहित समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियोे । समिक्षासँगै पालिकाको विभिन्न योजनाहरुलाई निरन्तर अनुगमनको साथै कार्यान्वयनको पाटोलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्…