काठमाण्डौं, ३० साउन ।संक्रमणकालीन न्यायको विषय टुंगिँदै गर्दा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन्। बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आफ्ना धारणा राख्ने क्रममा प्रचण्डले कोइरालालाई स्मरण गरेका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिका निम्ति विभिन्न आन्दोलनमा प्राण आहुति गरेका सहिदहरूलाई सम्झँदै सम्बोधन सुरु गरेका…