चितवन २४ साउन ।मकवानपुरको हेटौँडा बाट अनलाइनमार्फत ठगी गर्ने भारतीय गिरोहका नौजनालाई मकवानपुर प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। प्रहरीले उनीहरूलाई हेटौँडा उपमहानगरपालिका– ४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घरबाट पक्राउ गरेको हो। उनीहरूले वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगीधन्दा चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले…