कपिलवस्तु, ११ साउन ।माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि कपिलवस्तुमा ८ परीक्षा केन्द्र तोकिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि यस जिल्लाका विभिन्न ८ विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए…