कपिलवस्तु, १० साउन ।लुम्बिनी प्रदेश सरकारका लागि मन्त्री छनोटको विषयलाई लिएर कांग्रेस लुम्बिनी प्रदेशभित्र असन्तुष्टि बढेको छ । बुधवार साँझ विज्ञप्ति जारी गर्दै कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधानविपरीत मन्त्री छनोट गरिएको आरोप लगाएका छन् । सभापति पुनले यस्तो निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठोकुवा गरेका छन्…