कपिलवस्तु ७ साउन । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । एमाले–कांग्रेसको सत्ता गठबन्धन बनेसँगै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि आइतबार राती नै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।मुख्यमन्त्री महराले आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २…