कपिलवस्तु, १९ जेठ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बाणगङ्गा नगरको अध्यक्षमा पुनः विश्व कार्की चयन हुनुभएको छ । शनिबार बाणगङ्गाको नन्दनगरमा भएको महासंघ बाणगङ्गाको दोस्रो नगर अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत दोहोर्याएको छ । कार्की आगामी चार वर्षका लागि अध्यक्षमा चयन हुनुभएको हो । जसको उपाध्यक्षमा सन्जु सेन, सचिवमा खडानन्द गौतम, सह सचिवमा पुष्पा भण्डारी…