अच्युत रेग्मी, रासस काठमाडौँ, २४ कात्तिक सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ । गुल्मी जानका लागि बसपार्क आउनुभएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउनुहुन्छ । “काठमाडौँ मात्र नभई निःशुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ…