धनुषा, ७ कात्तिक मिथिलामा शुद्धता र आपसी सद्भावको पर्व छठको तयारी सुरु भएको छ । विगतमा मधेसी समुदायमा मात्र सीमित रहेको यो पर्व पछिल्ला वर्षमा राजधानी काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको छ । छठ पर्वको अवसरमा यही कात्तिक १० गते सङ्घीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ भने मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि…