कपिलवस्तु, कात्तिक २२ भारतसँगको सिमावर्ती बजार कृष्णनगर हुँदै काठमाडौं र बुटवलका यात्रुका लागि दिल्लीतर्फको बस सेवा विस्तार हुँदै गएको छ । एसी, स्लीपर, शौचालय तथा फोल्डिङ सिटजस्ता आधुनिक सुविधा सहितका बसहरूले लामो दूरीको यात्रालाई सहज बनाएका छन् ।बुटवलदेखि दिल्ली सम्म हाल अनलाइन टिकट प्रणालीमा १ देखि ३ वटा बस प्रतिदिन सञ्चालनमा देखिएका छन् । रेडबस,…