रुपन्देही २८ मंसिर । रुपन्देहीको सैनामैना नगरपालिकाले परम्परागत रुपमा सञ्चालनमा रहेका हाटबजारलाई व्यवस्थित गर्दै आधुनिक हाटबजार बनाउने तयारी थालेको छ। खुल्ला आकाश मुनि तथा तिरपाल टाँगेर हाटबजारमा व्यापार गरिरहेका व्यापारीहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले व्यवस्थित रुपमा हाटबजार सञ्चालनमा ल्याउने तयारी गरेको हो।नगरपालिकाका अनुसार वडा नम्बर ३ मा रहेको मुर्गिया, वडा नम्बर ८ को कलौनी उत्तरमा रहेको…