काठमाडौं, १८ असार । गएको शनिबार नेपाल प्रवेश गरेको विभिन्न झुण्डमा आएका सलह किरामध्ये धेरैजसो बगाल दाङ र प्युठानको सेरोफोरोमा रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अर्घाखाँचीमा गएको झुण्ड पनि प्युठानतर्फ नै मोडिएको छ । हावाको गतिका कारण ती झुण्ड सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रवेश गर्ने सम्भावना रहेको भन्दै केन्द्रले…