कपिलवस्तु २२ कार्तिक । कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको तयारी अन्तिम चरणमा पुगेको हो । कपिलवस्तुसहित देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् ।जिल्लामा जनगणनाका लागि तयारी…