कपिलवस्तु ३१ असोजतिहारमा वजाइने चर्काे स्वरको डिजे साउण्ड र देउसी–भैलामा कपिलवस्तु प्रशासनले मापदण्ड बनाएर नियमन थालेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले देउसी–भैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रमहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेले हस्ताक्षर गरेको सूचनामा चाडपर्वका अवसरमा रातभरि देउसि–भैलो खेल्दा हुने असुरक्षा, होहल्ला र सामाजिक…