गण्डकी, २४ कात्तिक (रासस) आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छ«े हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ«ेको काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ«े गाउँपालिका–६ मा पर्दछ । प्रकृतिकसँगै ऐतिहासिक महत्वको यो गाउँ…