बुटवल २५ भदौँ ।बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलासिस गराइरहेका बिरामीहरूको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ।नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामीहरू संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरूलाई केही भए पनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ।अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क…