गोरखा, २० असार । गोरखा अस्पतालमा शुक्रबार राती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ। अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजे मृत्यु भएको अस्पतालले जनाएको छ । विज्ञप्तिमा ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित…