भैरहवा २१ कार्तिक । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा क्रियाशील ११ वटा संघसंस्थाले मायादेवी मन्दिर परिसर खुल्ला गर्न माग गर्दै ७ दिने अल्टिमेटम दिएका छन् । लुम्बिनी विकास कोषलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले मायादेवी मन्दिर परिसर खुल्ला गर्दै लुम्बिनीमा बौद्ध आध्यात्मिक वातावरण तत्काल सुचारु गर्न माग गरेका हुन् । लुम्बिनी संरक्षण नागरिक समाज, लुम्बिनी…