नेपालगञ्ज २६ जेष्ठ । बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा शुरु भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको छ । करीब २३ वर्ष अघिदेखि सडक निर्माण शुरु भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच बाँकेकै दुर्गम राप्तीपारि बघौडा क्षेत्रमा अवस्थित राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको…