गुल्मी २४ भदौ । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न रेसुङ्गा नगरपालिका–७ उनाएचौरमा १३२ केभीएको सवस्टेशन निर्माण सुरु भएको छ ।सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेका छन् । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो । डेढवर्ष भित्र काम सम्पन्न गर्ने गरी सिग्मा कन–नरेन्द्र निर्माण जेभीले…