कपिलवस्तु५ भाद्र २०७७जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुमा कार्यरत सईलाई कोरोना संक्रमण भएको छ । साउन ३२ गते स्वास्थ्यमा समस्या देखिए पछि अस्थायी ट्राफिक प्रहरी पोस्ट कृष्णनगरमा कार्यरत रहेका सईलाई कार्यालयमा ल्याइएको थियो । बुधवार राती १०४ डिग्री ज्वरो आए पछि उपचारका लागी बुटवल पुराइएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण…