दाङ, १५ साउन । प्रहरीले १७ किलो चित्तलको सुकुटीसहित तीनजनालाई पक्राउ गरेको छ। लमही नगरपालिका ६ बस्ने ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका ६ बस्ने ३० वर्षीय मनोज थापामगर र ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। आइतबार अपराह्न साढे ५ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित जंगलमा प्रहरी चौकी…