कपिलवस्तु, ०४ असार ।कपिलवस्तुको बाणगंगामा सडकमै स्वास्थ्य परिक्षण सिविर संचालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरुसिंगेको आयोजनामा अस्थाई ट्राफिक विट पिपरामा स्वास्थ्य परिक्षण सिविर संचालन गरिएको हो ।आखाँको दृष्टि, सुगर, प्रेसर लगायत विभिन्न कमजोरी चालकमा हुँदा दुर्घटना हुन सक्ने भएकाले स्वास्थ्य बारे सचेत बनाउन राजमार्गमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य जाँच गरिएको हो…