बाजुरा, १३ माघ । बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन्। भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले…