काठमाडौं, ०१ असोज । अछामका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो । सबैको सनाखतसमेत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो । प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरूमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नवीन…