नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस कम्युनिस्ट पार्टीहरूसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आज बुधवार नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा कम्युनिस्टहरूकाे दाेहाेराे चरित्र बारुम्बार देखिएकाले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताउनुभयो । महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीसँग…