काठमाडौं ३ मंसिर । हालै सम्पन्न आमनिर्वाचन पछि दक्षिण एसियाली टापु देश श्रीलङ्काको नयाँ क्याबिनेट तयार भएको छ । वामपन्थी राष्ट्रपति अनुराकुमारा दिसानायकेले यस अगाडि नियुक्त गरिएकै अनुहार डा। हरिनी आमारासुरियालाई प्रधानमन्त्री बनाएका छन् ।संसद विघटन गरेर भएको चुनावमा वामपन्थी गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी)ले भव्य जीत निकालेपछिको ताजा जनादेशसहित यो क्याबिनेट चयन भएको छप्राध्यापनबाट राजनीतिमा…